प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ कार्तिक ०३ गते कास्की जिल्ला, पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हे.क्वा. तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै आवश्यक निर्देशन दिनु भएको थियो । निरीक्षणकै क्रममा उहाँले श्री पश्चिम पृतना हे.क्वा. विजयपुर व्यारेकको निरीक्षण गर्नु भई सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । 

२. आजै, प्रधान सेनापति महारथी शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगिताका क्रममा मिति २०७९ असोज ३० गते दुर्घटना भई दिवंगत भएका नेपाली सेनाका खेलाडी निसिम थापाको पोखरा महानगरपालिका वडा नं.१२, हस्पिटलचोकस्थित निवासमा गई निजको परिवारहरुलाई भेट गरी श्रद्धाञ्‍जली व्यक्त गर्नु भएको थियो । तत्पश्चात, प्रधान सेनापति महारथी शर्मा पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा समेत सहभागी हुनु भएको थियो ।

३. दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति २०७९ कार्तिक ०४ गते बाग्लुङ्गस्थित श्री नं. २३ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको  छ ।