प्रधान सेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटघाट

१. आज मिति २०७९ कार्तिक १५ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत His Excellency Mr. Dean Richard Thompson बीच जङ्गी अड्‍डामा भेटघाट भएको  छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।