प्रधानसेनापति महारथी श्री छत्रमानसिंह गुरुङ्ग तथा चिनियाँ जनमुक्ति सेनाका General Chen Bingde विच सैनिक सहयोग उपलब्ध गराउने प्रोटोकलमा हस्ताक्षर

१. मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग र मित्रराष्ट्र चीनका Member of Central Military Commission तथा चिनियाँ जनमुक्ति सेनाका General Chen Bingde वीच चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ४ करोड ९ लाख चिनियाँ युआन (रु.६० करोड २७ लाख) बराबरको सैनिक सहयोग उपलब्ध गराउने प्रोटोकलमा हस्ताक्षर भयो । २. बायी स्थित जनमुक्ति सेनाको मुख्यालयमा सम्पन्न उक्त भेटघाटको क्रममा सो रकम बराबरको मेडिकल उपकरण नेपाली सेनाको सैनिक अस्पताललाई उपलब्ध गराउने सहमति भएको हो । सो अबसरमा उहाँहरुवीच द्धिपक्षीय सहयोग तथा आपसी हितको बारेमा कुराकानी भएको थियो । ३. चिनियाँ जनमुक्ति सेनाका General Bingde सँगको भेटघाटपुर्व चिनियाँ जनमुक्ति सेना, जल सेना तथा हवाई सेनाको संयुक्त टुकडीले प्रधानसेनापति गुरुङ्गको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।