१. नेपाली
सेनाको आयोजनामा विभिन्न राष्ट्रिय तथा मित्रराष्ट्रका टिमहरुको सहभागितामा धादिङ्ग
जिल्लाको बैरेनीदेखि चरौदीसम्म संचालन भएको "COAS International Tri-Adventure Competition" को पाँचौ
संस्करणको आज मिति २०७९ मंसिर ०९ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले
समापन गर्नु भएको छ ।
२. ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्याफटिङ्ग गरी ३ (तीन) वटा ईभेण्टहरु समावेश भएको उक्त प्रतियोगिताको जम्मा दुरी ४३.७ कि.मि. रहेको थियो । उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको ३ टिम (पुरुष २ टिम र महिला १ टिम) सहित स्वदेशी १६ टिम र मित्रराष्ट्रहरु (भारत-२ टिम र बेलायत-१ टिम) बाट ३ टिम तथा नेपालमा बस्दै आएका विदेशीहरु (Expats) को १ टिम गरी विदेशी ४ टिमहरु सहित कुल २० टिमहरुका ८० जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको नतिजा देहाय अनुसार रहेको छ ।
सि.नं. |
मर्यादाक्रम |
टिम |
घण्टा |
मिनेट |
सेकेण्ड |
नगद पुरस्कार |
कै. |
१ |
प्रथम |
त्रिभुवन आर्मी क्लब "ए" टिम |
२ |
१९ |
३२ |
२,००,०००।- |
|
२ |
द्वितिय |
त्रिभुवन आर्मी क्लब "बि" टिम |
२ |
२४ |
१८ |
१,५०,०००।- |
|
३ |
तृतीय |
सशस्त्र प्रहरी बल टिम |
२ |
२४ |
५१ |
१,००,०००।- |
|
४ |
चौथो |
Paddle Nepal |
२ |
४१ |
०० |
२०,०००।- |
|
५ |
पाँचौ |
Triathlon Dharan |
२ |
४८ |
३६ |
१०,०००।- |
|
३. भारतको FCC Racing Team ले
३ घण्टा २० मिनेट ४७ सेकेण्डमा उक्त दुरी पूरा गरी सर्वोत्कृष्ट अन्तराष्ट्रिय टिमको उपाधि जित्न
सफल भएको थियो ।
४. रक्षा सचिव श्री किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्वदेशी एवं विदेशी खेल प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीहरुलाई प्रधान सेनापति महारथी शर्माले पदक, ट्रफि, प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने धादिङ्ग जिल्ला बैरेनीस्थित श्री नं. ६ बाहिनी अड्डा तथा गजुरीस्थित श्री शिवदल गणलाई कदर-पत्र समेत प्रदान गर्नु भएको थियो ।
५. वि.सं. २०७१ सालदेखि राष्ट्रियस्तरमा संचालन
शुरु भएको उक्त प्रतियोगितामा वि.सं. २०७४ सालबाट विभिन्न मित्रराष्ट्रका टिमहरुको
सहभागिता रहँदै आएको छ । नेपाली
सेनाद्वारा आयोजना गरिने यस प्रकारका अन्तराष्ट्रिय प्रतियोगिताहरुले
मित्रराष्ट्रहरुसँगको आपसी सम्बन्धलाई सुमधुर बनाउनुका साथै राष्ट्रको पर्यटन
प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।