१. नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने हेतुले विभिन्न सञ्चार माध्यमका २० जना संवाददाताहरुको सहभागितामा मिति २०७९ पौष २४ गतेदेखि ऐ.२९ गतेसम्म हेटौडास्थित श्री मध्य पृतना हे.क्वा.मा संचालन हुने ६ (छ) दिने Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रमको आज मिति २०७९ पौष २४ गते मध्य पृतनापति उपरथी श्री होमनाथ दवाडीले शुभारम्भ गर्नु भएको छ ।
२. नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका आयोजित कार्यक्रममा श्री मध्य पृतना हे.क्वा.का रथीवृन्द तथा अधिकृत, श्री जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी श्री कृष्ण प्रसाद भण्डारी, श्री नं.७ बाहिनीपति सहायक रथी श्री लिला बहादुर खनाल, रक्षा मन्त्रालयका प्रतिनिधि उप-सचिव श्री रामेश्वर पोखरेलको उपस्थिती रहेको थियो ।
३. उक्त अभिमूखिकरण कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै मकवानपुर गढी, निर्माणाधिन एकीकरण स्मृति उद्यान तथा पर्सा राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण समेत गराउने योजना रहेको छ ।