प्रधान सेनापतिद्वारा राष्ट्रनिर्माताको शालिक अनावरण

१. ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ को अवसरमा नारायणहिटीस्थित श्री उपत्यका पृतना हे.क्वा. हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको एक विशेष समारोहका बीच प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ पौष २५ गते अनावरण गर्नुभएको छ । 

२. उक्त अनावरण कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको थियो ।