प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माद्वारा प्रकृति संरक्षण पदक सुशोभन समारोह सम्पन्‍न

१. देशका विभिन्‍न स्थानहरुमा राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्षहरुको सुरक्षा जिम्मेवारीमा तैनाथ रहि प्रसंशनीय ढंगले योगदान पुर्‍याएका रथीबृन्द, अधिकृत, पदिक लगायत सकलदर्जालाई आज मिति २०७९ पौष २६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्‍डामा आयोजित विशेष समारोहमा प्रकृति संरक्षण पदकद्वारा सुशोभन गर्नु भएको छ ।

२. प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप २०७५ साल जेठ १३ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम संरक्षित क्षेत्रमा रहि १ वर्ष योगदान दिएका सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिदै आएको छ । हालसम्म १६१३६ जना सकलदर्जाले उक्त पदक प्राप्त गरिसकेका  छन् । यस वर्ष पनि मिति २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा २८८७ जना सकलदर्जालाई पदक प्रदान गर्ने घोषणा भएकोमा आज प्रधान सेनापति महारथी शर्माले जंगी अड्डामा कार्यरत रथीबृन्द-१ (एक), अधिकृत-१२ (बाह्र), पदिक-२ (दुई) तथा अन्यदर्जा-२ (दुई) गरी १७ जनालाई प्रकृति संरक्षण पदकद्वारा सुशोभन गर्नु भयो । मौषमी प्रतिकुलता, भौगोलिक विकटता र चोरी शिकारी जस्ता चुनौतीहरु माझ प्रकृति संरक्षण कार्यमा तैनाथ रहँदा हालसम्म ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन् ।

३. आज आयोजित सुशोभन कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्का लगायत रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।