रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

१. श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा श्री मध्य पृतना हे.क्वा.द्वारा विभिन्न सञ्‍चार माध्यमका २० जना रक्षा संवाददाताहरुलाई सहभागी गराई मिति २०७९ पौष २४ गतेबाट उक्त पृतना हे.क्वा., मकवानपुरमा संचालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) आज मिति २०७९ पौष २९ गते समापन भएको छ ।

२. उक्त अभिमूखीकरण कार्यक्रममा सहभागीहरुलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धमा जानकारी गराइएको थियो । साथै, मकवानपुरस्थित मकवानपुर गढी, बारा जिल्लामा निर्माणाधिन एकीकरण स्मृति उद्यान, निर्माणाधिन काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना तथा पर्सा राष्ट्रिय निकुञ्‍जको स्थलगत भ्रमण समेत गराइएको थियो । 

३. मध्य पृतनापति उपरथी श्री होमनाथ दवाडीको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा नं.७ बाहिनीपति सहायक रथी श्री लिला बहादुर खनाल, श्री मध्य पृतना हे.क्वा.का अधिकृतहरु लगायतको उपस्थिती रहेको थियो । 

४. देशका विभिन्‍न भागमा कार्यरत सञ्‍चारकर्मीहरुलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्यले पृतना हे.क्वा.हरुको समन्वयमा यस किसिमको कार्यक्रम आयोजना हुँदै आएको छ ।