१. आज मिति २०७९ माघ १७ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र United Arab Emirates का महामहिम राजदूत His Excellency Mr. Abdulla Bin Jarwan Al Shamsi बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।
२. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।