माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई नेपाली सेना सम्बन्धि परिचयात्मक जानकारी

१. माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री विजय कुमार गच्छदारलाई आज मिति २०६८ कार्तिक २८ गते साँझ जंगी अड्डामा एक कार्यक्रमका विच नेपाली सेनाद्धारा परिचयात्मक जानकारी गराइयो । २. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा वरिष्ठ रथीबृन्दहरुले आ-आफ्नो विभाग, महानिर्देशनालय तथा निर्देशनालयको जिम्मेवारीबारे जानकारी गराउनु भएको थियो । ३. सो अवसरमा रक्षा राज्यमन्त्री श्री राम बचन अहिर यादव, रक्षा सचिब श्री नविन कुमार घिमिरे लगायत नेपाली सेनाका वरिष्ठ रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।