दुईजना सहायक रथी उपरथी दर्जामा पदोन्नति

१. आज मिति २०६८ मंसिर ०१ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले सहायक रथीद्वय श्री रामकृष्ण अधिकारी तथा श्री राजेन्द्र क्षत्रीलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. उहाँहरु मिति २०६८ कार्तिक २९ गतेबाट उपरथी दर्जामा पदोन्नती हुनुभई उपरथी श्री अधिकारी पूर्वी पृतनाको पृतनापति तथा श्री क्षत्री मध्य पृतनाको पृतनापतिमा नियुक्ति हुनुभएको छ ।