U.S.ARMY PACIFIC का COMMANDING GENERAL LT GEN FRANCIS J. WIERCINSKI नेपालको चारदिने औपचारिक भ्रमणमा

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा नेपालको चारदिने औपचारिक भ्रमणको लागी U.S.ARMY PACIFIC का COMMANDING GENERAL LT GEN FRANCIS J. WIERCINSKI आज अपरान्ह नेपाल आइपुग्नु भएको छ । २. उहाँलाई निरिक्षणाधिकृत उपरथी श्री प्रदिप जंग थापाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाका रथीबृन्दलगायत नेपालस्थित अमेरिकी सैनिक सहचारीको समेत उपस्थिति रहेको थियो ।