प्रधानसेनापति तथा U.S.ARMY PACIFIC का COMMANDING GENERAL LT GEN FRANCIS J.WIERCINSKI बीच शिष्टाचार भेटघाट

१. नेपालको चारदिने औपचारिक भ्रमणमा रहनु भएका U.S. Army Pacific ( USARPAC) का Commanding General Lt Gen Francis J.Wiercinski र प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गबीच आज बिहान जंगी अड्डामा शिष्टाचार भेटघाट भयो । २. भेटघाटको क्रममा प्रकोप तथा राहत व्यवस्थापन, तालिम र आपसी हित एवं सहयोगका विषयमा कुराकानी भएको थियो । सोही अवसरमा उहाँले पि.एस.ओज्.रथीबृन्दहरुसँग समेत भेटघाट गर्नु भएको थियो । ३. Lt Gen Wiercinski ले आजै अपरान्ह काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भएको छ ।