“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६८” समापन

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले जंगी अड्डा परिसर भित्रको खेल मैदानमा जारी “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६८” को आज मिति २०६८ मंसिर २८ गते एक समारोहबीच समापन गर्नुभयो । २. प्रतियोगिता अन्तर्गत आज सम्पन्न श्री पूर्वी पृतना र श्री मध्य पृतनाबीचको फुटबल फाइनल खेलमा श्री पूर्वी पृतना एकका बिरुद्ध दुई गोलले विजयी भएको छ । विजयी टिमलाई प्रधानसेनापति महारथी श्री गुरुङ्गले फुटबलको रनिङ्ग शिल्ड तथा नगद पुरस्कार रु.२५ हजार प्रदान गर्नुभयो । त्यसै गरी द्वितिय तथा तृतिय हुने मध्य पृतना र विशेष फौजलाई क्रमश रु.१५ हजार तथा रु.१० हजार नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले खेलका प्रशिक्षक तथा सञ्चालकहरुलाई मेडल तथा प्रमाण–पत्रसमेत प्रदान गर्नुभयो । ३. आजै उहाँले एथलेटिक्स अन्तरगत विभिन्न विधामा प्रथम स्थान हासिल गर्ने श्री मध्य पृतनालाई रनिङ्ग शिल्ड तथा नगद पुरस्कार रु.२५ हजार प्रदान गर्नुका साथै द्वितिय तथा तृतिय स्थान हासिल गर्ने विशेष फौज र श्री उपत्यका पृतनालाई क्रमश रु.१५ हजार तथा रु.१० हजार नगद पुरस्कार प्रदान गर्नुभयो । ४. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६८” गत आश्विन ०१ गतेदेखि शुरु भएको थियो । समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, रक्षा मन्त्रालयका पदाधिकारी, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, विदेशी सैनिक सहचारीहरु तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ५. उक्त प्रतियोगितामा समावेश गरिएका सम्पूर्ण खेलहरुमा उत्कृष्ट अङ्क ल्याई प्रथम हुने टिमलाई “सेना दिवस २०६८” को अवसरमा प्रधानसेनापतिबाट “प्रधानसेनापति ट्रफि २०६८” प्रदान गरिने कार्यक्रम रहेको छ ।