सैनिक श्रीमती संघद्वारा शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण

१. शीतलहरबाट प्रभावित क्षेत्र महोत्तरी र नवलपरासी जिल्लाका सर्वसाधारण एवं विपन्न परिवारहरुलाई सैनिक श्रीमती संघले राहत वितरण गरेको छ । २. हिजो सैनिक श्रीमती संघले नवलपरासीको त्रिवेणी ईलाकामा २४५ सर्वसाधारणलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । साथै मिति २०६८ पौष १९ गते महोत्तरी जिल्लाको सिमरदहीका ४६ जना, धोवौलीका ५२, मटिहानीका २०, जलेश्वरका ४, सारीका २, रानीरतवडाका २ तथा पर्सापतैलीका ४ जना गरी जम्मा १३० जना स्थानीय वासिन्दा तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको थियो । ३. सैनिक श्रीमती संघले तराईमा चलेको शीतलहरबाट प्रभावित क्षेत्रका सर्वसाधारण एवं विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो । ४. राहत वितरण कार्यक्रममा सैनिक श्रीमती संघका अन्य पदाधिकारीहरु, स्थानीय जिल्ला रेडक्रस एवं प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।