शिष्टाचार भेटघाट

१. मित्रराष्ट्र बेलायती सेनाका Chief of the Defense Staff तथा Brigade of Gurkhas का कर्णेल कमाण्डान्ट General Sir David Richards KCB, CBE, DSO, ADC, Gen ले नेपाल भ्रमणको सिलसिलामा आज मिति २०६८ पौष २४ गते बिहान प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभयो । २. भेटघाटको क्रममा उहाँहरुबीच आपसी हितलगायत विविध समसामयिक विषयहरुको बारेमा छलफल भएको थियो । ३. स्मरणीय छ, General Sir Richards प्रधानसेनापति श्री गुरुङ्गको औपचारिक निमन्त्रणामा मिति २०६६ माघ २१ गतेदेखि ऐ.२६ गतेसम्म नेपालको भ्रमणमा आउनु भएको थियो भने प्रधानसेनापति महारथी श्री गुरुङ्ग पनि General Sir Richards को औपचारिक निमन्त्रणामा मिति २०६७ आश्विन १७ गतेदेखि ऐ.२७ गतेसम्म बेलायतको भ्रमणमा रहनु भएको थियो ।