शिष्टाचार भेटघाट

१. नेपाल भ्रमणमा रहनु भएका एसिया–प्रशान्त क्षेत्रका राजनैतिक मामिला सम्बन्धी राष्ट्रसंघीय निर्देशकMr Tamrat Samuel ले आज मिति २०६८ माघ २९ गते अपरान्ह प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभयो । २. भेटघाटको क्रममा Mr Samuel ले लडाकू समायोजनको बारेमा जिज्ञासा राख्नु भएको थियो । साथै उहाँहरुबीच लडाकू समायोजनको जारी समायोजन प्रक्रियाका बारेमा कुराकानी भएको थियो ।