1st South Asian Army Sports Meet 2012 सञ्चालन हुने

१. दक्षिण एसियाली राष्ट्रका सेनाहरुबीच आपसी सद्भाव अभिबृद्धि गर्ने उद्देश्यका साथ लगनलेखस्थित श्री राजदल गणको हातामा निर्माण भएको Army Physical Training and Sports Centre मा मिति २०६८ फाल्गुन २६ गतेबाट मिति २०६८ चैत्र १ गतेसम्म 1st South Asian Army Sports Meet 2012 सञ्चालन गर्न लागिएको छ । २. खेलमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी जम्मा पाँच राष्ट्रका १९३ खेलाडीहरुले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितामा फुटबल, भलिबल, ते–क्वान्दो (%* के.जि., ^* के.जि., &$ के.जि. र *) के.जि. गरी जम्मा $ समुह) व्याडमिन्टन (पुरुष सिंगल) एथलेटिक्स (१५०० मिटर र ५००० मिटर दौड, हाई जम्प, लङ्ग जम्प, डिसकस थ्रो, ह्यामर थ्रो), बक्सिङ्ग (६० के.जि., ६४ के.जि., ६९ के.जि. र ७५ के.जि.) लगायतका खेलहरु समावेश हुनेछन् । ३. साथै उक्त खेलको मिति २०६८ फाल्गुन २६ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उद्घाटन र मिति २०६८ चैत्र १ गते समापन गर्नुहुने कार्यक्रम रहेको छ ।