1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता आजबाट सुरु

१. लगनलेखस्थित श्री राजदल गणको हातामा नव निर्मित Army Physical Training and Sports Centre मा 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । २. आज मिति २०६८ फाल्गुण २६ गते अपरान्ह प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले नव निर्मित Army Physical Training and Sports Centre को समुद्घाटन गर्नुका साथै उक्त खेलकुद प्रतियोगिताको सुभारम्भ गर्नुभयो । ३. दक्षिण एसियाली राष्ट्रका सेनाहरुबीच आपसी सद्भाव अभिबृद्धि गर्ने उद्देश्यका साथ संचालन भएको उक्त खेलकुद प्रतियोगिताको सुभारम्भको अवसरमा खुकुरी ड्रिल, ते–क्वाण्दो पि.टी.र सैनिक व्याण्डद्वारा सांगीतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । आज भएको भलिबल, १५०० मिटर दौड र हालजम्प÷लङ्गजम्प खेलको नतिजा निम्नानुसार रहेको छ । (क) १५०० मिटर दौडतर्फ       (१) भारतीय सेनाका हुद्धा संन्दिप कुमार सिंह प्रथम (३.५९.०२ मिनेट)       (२) श्रीलंका सेनाका हुद्धा मिनाइस टि.पि.के. द्धितीय (३.५९.०९ मिनेट)       (३) नेपाली सेनाका प्युठ हरि कुमार नेपाल तृतीय (४.०१.०१ मिनेट) (ख) हाई जम्पतर्फ       (१) भारतीय सेनाका हुद्धा जितिन कुमार प्रथम (२.११ मिटर)       (२) श्रीलंका सेनाका हुद्धा रत्नाश्री ए.डि.एन.मि. द्धितीय (२.०८ मिटर)       (३) पाकिस्तानी सेनाका सिपाही महुमद मौवसुद तृतीय (२.०५ मिटर) (ग) लङ्ग जम्पतर्फ       (१) भारतीय सेनाका हुद्धा रथिश कुमार प्रथम (७.२० मिटर)       (२) श्रीलंका सेनाका अमल्दार महुमद रिआज द्धितीय (७.११ मिटर)       (३) बंगलादेश सेनाका महुमद फिरोज सरकार तृतीय (७.०२ मिटर) (घ) भलिबल तर्फ बंगलादेशले नेपाललाई लगातार तीन सेटले पराजित गरयो र अहिले श्रीलंका र भारतबिच खेल भईरहेको छ । ४. छ दिने 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता मिति २०६८ चैत्र १ गतेसम्म संचालन हुने छ ।