1st South Asian Army Sports Meet 2012 अन्तरगत आज सम्पन्न खेलको विवरण

नेपाली सेनाको लगनखेलस्थित Army Physical Training and Sports Centre मा मिति २०६८ फाल्गुण २६ गतेबाट संचालन भएको 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगत आज डिस्कस थ्रो, ह्यामर थ्रो, तेक्वान्डो, फुटबल, भलिबल खेलहरु सम्पन्न भए । जसको नतिजा निम्नानुसार रहेको छ । (क) डिस्कस थ्रो तर्फ      (१) पाकिस्तानी सेनाका हुद्धा बसारत अली प्रथम (५०.७९ मिटर)      (२) भारतीय सेनाका हुद्धा धरम राज यादव द्धितीय (४८.३५ मिटर)      (३) नेपाली सेनाका हुद्धा तारा बहादुर कार्की तृतीय (३९.५० मिटर) (ख) ह्यामर थ्रो तर्फ      (१) पाकिस्तानी सेनाका सिपाही शकिल अहमद् प्रथम (५९.३६ मिटर)      (२) भारतीय सेनाका हुद्धा राम शंकर यादव द्धितीय (५६.३७ मिटर)      (३) बंगलादेशी सेनाका हुद्धा अफ्सर अली तृतीय (४५.०९ मिटर) (ग) तेक्वान्डोको ५८ के.जि. समुह तर्फ      (१) पाकिस्तानी सेनाका सिपाही महमद उमर स्वर्ण      (२) नेपाली सेनाका अमल्दार प्रदिप लामा रजत      (३) भारतीय सेनाका हुद्धा भनलाल रुआता र श्रीलंकाली सेनाका सिपाही अनुरा बन्दारा कास्य (घ) तेक्वान्डोको ८० के.जि. समुह तर्फ      (१) पाकिस्तानी सेनाका सिपाही सहिद महमद शा अस्नाज स्वर्ण      (२) भारतीय सेनाका हुद्धा इवराहिन खान रजत      (३) नेपाली सेनाका जमदार बद्री नाथ बस्नेत र श्रीलंकाको अमल्दार वसन्त गुनासेकरा कास्य (ङ) भलिबल तर्फ      (१) भारतद्धारा बंगलादेश ३ सेटले पराजित      (२) पाकिस्तानद्धारा नेपाल ३–१ सेटले पराजित (च) फुटबल तर्फः भारत र नेपालबीच आज सम्पन्न भएको फुटबल खेलमा दुबै टिम गोल रहित । (च) साथै साँझ बक्सिङ्गको क्वाटर फाईनल खेल हुनेछ ।