1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगतका एथलेटिक्स तथा तेक्वान्दो खेलका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

१. नेपाली सेनाको आयोजनामा लगनखेलस्थित Army Physical Training and Sports Centre मा मिति २०६८ फाल्गुण २६ गतेबाट सञ्चालन भएको 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगत सम्पन्न भएका एथलेटिक्स तथा तेक्वान्दो खेलका विजयी खेलाडीहरुलाई आज बलाधिकृत रथी श्री नेपालभूषण चन्दले पुरस्कार वितरण गर्नुभयो । २. त्यसैगरी सोही प्रतियोगिता अन्तर्गत आज ५ हजार मिटर दौड तथा तेक्वान्दो (७४ के.जि. तथा ६८ के.जि.समूह) खेलहरु सम्पन्न भएका छन् । सो खेलको नतिजा निम्नअनुसार रहेको छ । (क) ५००० मिटर दौडतर्फ (१) भारतीय सेनाका Pte Nitendra Singh प्रथम (१४.५२.२ मिनेट) (२) श्रीलंका सेनाका L/Cpl Lional Samarajeewa द्धितीय (१४.५२.७ मिनेट) (३) भारतीय सेनाका Sgt Arjun Pradhan तृतीय (१४.५३.८ मिनेट) (ख) तेक्वान्दो (६८ के.जि. समुह) तर्फ (१) नेपाली सेनाका L/Cpl Dan Bahadur Airi स्वर्ण (२) बंगलादेश सेनाका Pte MD. Anwar Hossain रजत (३) भारतीय सेनाका Sgt Moken Meitei र पाकिस्तानी सेनाका Pte Muhammad Ashfaq कास्य (ग) तेक्वान्दोको ७४ के.जि. समुहतर्फ (१) भारतीय सेनाका A. Naori Singh स्वर्ण (२) बंगलादेश सेनाका Pte MD Arman Hossain कबष्ल रजत (३) पाकिस्तानी सेनाका Pte.Syed Adeel Shah र श्रीलंका सेनाका Pte Madhusanka Slase कास्य २. साथै, उक्त खेलकुद प्रतियोगिता सम्बन्धी थप जानकारी तथा फोटोहरु नेपाली सेनाको website www.nepalarmy.mil.np/sports-meet.php? मार्फत पनि हेर्न सक्नु हुनेछ । साथै यसपछि सम्पन्न हुने खेलको नतिजा विज्ञप्तिद्वारा जानकारी गराइने छ ।