1st South Asian Army Sports Meet 2012 अन्तर्गत आज सम्पन्न भलिबल र फुटबल खेलको विवरण

नेपाली सेनाको लगनखेलस्थित Army Physical Training and Sports Centre मा मिति २०६८ फाल्गुण २६ गतेबाट संचालन भएको 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगत आज मिति २०६८ फाल्गुन २८ गते भएको भलिबल र फुटबल खेलको नतिजा निम्नानुसार रहेको छ । (क) भलिबल तर्फ (१) श्रीलंकाद्धारा नेपाल ३ सेटले पराजित (२) बंगलादेशद्धारा पाकिस्तान ३–२ सेटले पराजित (ख) फुटबल तर्फः भारतद्वारा श्रीलंका २–० पराजित (ग) बक्सिङ्ग तर्फको सेमिफाईनल खेल आज साँझ हुनेछ ।