1st South Asian Army Sports Meet 2012 अन्तरगत आज सम्पन्न खेलहरुको विवरण

१. नेपाली सेनाको लगनखेलस्थित Army Physical Training and Sports Centre मा मिति २०६८ फाल्गुण २६ गतेबाट संचालन भएको 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगत मिति २०६८ फाल्गुन २८ गते बक्सिङ्ग तथा आज मिति २०६८ फाल्गुन २९ गते सम्पन्न ब्याडमिन्टन फाइनल, भलिबल तथा फुटबलखेलहरुको नतिजा निम्नानुसार रहेको छ । (क) ब्याडमिन्टनतर्फ श्रीलंका र नेपालबीच आज सम्पन्न फाइनल खेलमा नेपालका सह–सेनानी प्रज्वल जंग राणालाई पछाडी पार्दै श्रीलंकाका L/Cpl Lasigtha M. Karunathilak विजयी (ख) भलिबल तर्फ (१) पाकिस्तानद्धारा भारत ३–१ सेटमा पराजित (२) श्रीलंकाद्धारा बंगलादेश ३–० को सोझो सेटमा पराजित (ग) फुटबल तर्फ नेपालद्वारा श्रीलंका ४–१ गोलले पराजित, खेलको पहिलो हाफमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेको । दोस्रो हालमा नेपाली सेनाका सिपाही नवयुग श्रेष्ठद्वारा खेलको ६१ औ मिनेटमा पहिलो गोल, त्यसको लगतै श्रीलंकाली सेनाका तर्फबाट Dgh Widunanga द्वारा ७१ औँ मिनेटमा बराबरी गोल गर्न सफल । त्यसपछि नेपाली सेनाका सिपाही नवयुग श्रेष्ठले पुनः ७९ मिनेटमा थप एक गोल गरी टीमलाई २–१ ले अग्रता दिलाए । त्यसपछि नेपाली सेनाका सिपाही टेक बहादुर बु.क्षे.ले ८१ र ८८ मिनेटमा लगातार दुई गोल गरी खेललाई आफ्नो पक्षमा पार्न सफल भए । (घ) बक्सिङ्ग सेमिफाईनलतर्फ (१) ६० के.जि. समुह (अ) पहिलो Bout मा नेपाल र बंगलादेशबीच भएको खेलमा नेपालका प्यूठ देबेन्द्र खत्रीद्वारा बंगलादेशका Mollah Md Foyfal पराजित (आ) दोश्रो Bout मा भारत र पाकिस्तानबीच भएको खेलमा भारतका Khatri Bikash द्वारा पाकिस्तानका Ali Sajjad पराजित (२) ६४ के.जि. समुह (अ) पहिलो Bout मा पाकिस्तान र श्रीलंकाबीच भएको खेलमा पाकिस्तानका Karim Nasil Faifal विजयी (आ) दोश्रो Bout मा भारत र नेपालबीच भएको खेलमा भारतका Kumar V. Satosh द्वारा नेपालका गोपाल सुनुवार पराजित (३) ६९ के.जि. समुह (अ) पहिलो Bout मा श्रीलंका र भारतबीच भएको खेलमा भारतका Karki Amit द्वारा श्रीलंकाका Kumar chandra पराजित (आ) दोस्रो Bout मा पाकिस्तान र नेपालबीच भएको खेलमा पाकिस्तानका Abbas Julgaran द्वारा नेपालका उद्दव खत्री पराजित (४) ७५ के.जि. समुह (अ) पहिलो Bout मा श्रीलंका र भारतबीच भएको खेलमा भारतका Diverathra द्वारा Jaiswal Devanshu पराजित (आ) दोस्रो Bout मा पाकिस्तान र नेपालबीच भएको खेलमा पाकिस्तानका Ali Ahmed द्वारा नेपालका उज्जल थापा पराजित ।