'1st South Asian Army Sports Meet 2012' खेलकुद प्रतियोगिता सम्पन्न

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले लगनखेलस्थित श्री राजदल गणको हातामा निर्मित Army Physical Training and Sports Centre मा जारी '1st South Asian Army Sports Meet 2012'खेलकुद प्रतियोगिताको आज मिति २०६८ चैत्र ०१ गते अपरान्ह एक समारोहबीच समापन गर्नुभयो । २. प्रतियोगिता अन्तर्गत आज सम्पन्न नेपाल र भारतबीच भएको प्रतिस्पर्धात्मक फुटबल फाइनल खेलमा नेपाल शून्यका बिरुद्ध एक गोलले विजयी भएको छ । खेलको मध्यान्तरसम्म गोलरहित बरावरी रहेकोमा खेलको ७९ औं मिनेटमा नेपाली सेनाका हिरण्य मगरले निर्णायक गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी आज भएको भलिबलतर्फको फाइनल खेलमा भारतद्वारा पाकिस्तान २५–२२, २५–२३, १९–२५,२५–१९ सेटमा पराजित भएको छ । ३. विजयी टिमलाई प्रधानसेनापति महारथी श्री गुरुङ्गले पदक तथा प्रमाण पत्र प्रदान गर्नुभयो । त्यसै गरी फुटबलतर्पm क्रमश द्वितिय तथा तृतिय हुने भारत र श्रीलंकालाई पदक तथा प्रमाण पत्र प्रदान गर्नुका साथै खेलका प्रशिक्षक तथा सञ्चालकहरुलाई समेत मेडल तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । ४. दक्षिण एसियाली राष्ट्रका सेनाहरुबीच आपसी सद्भाव अभिबृद्धि गर्ने उद्देश्यका साथ गत फाल्गुन २६ गतेदेखि शुरु भएको South Asian Army Sports Meet 2012' खेलकुद प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी जम्मा पाँच राष्ट्रका १९३ खेलाडीहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा फुटबल, भलिबल, ते–क्वान्दो, व्याडमिन्टन बक्सिङ्गलगायतका खेलहरु समावेश गरिएका थिए । ५. समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, रक्षा मन्त्रालयका पदाधिकारी, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, विदेशी सैनिक सहचारीहरु तथा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ६. साथै उक्त खेलकुद प्रतियोगिताको अन्तिम पदक तालिका निम्न अनुसार रहेको छ । पदक भारत पाकिस्तान नेपाल श्रीलंका बंगलादेश जम्मा स्वर्ण ९ ४ ३ १ ० १७ रजत ५ ५ २ ३ २ १७ कास्य ३ ४ ६ ७ ३ २३ जम्मा १७ १३ ११ ११ ५ ५७