“घोडेजात्रा २०६८” भव्यताका साथ सम्पत्र

१. आज टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवको प्रमुख आतिथ्यमा विविध रोचक कार्यक्रमहरुका साथ “घोडेजात्रा २०६८” भव्यताकासाथ सु–सम्पन्न भयो । २. समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु जस्तै ट्रिकराईडर, टांगन र चार्जर घोडा दौड, स्वर्ड जम्प, शो जम्प, टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड एप्पल, ड्रिल, राईड, म्यूजिकल राइड, भल्टिङ्ग एक्सरसाईज, हर्ष बल, क्रस कन्ट्रि एण्ड फिक्स जम्प, हगेरियन पोष्ट र फायर जम्प प्रदर्शन गरिएको थियो । साथै उक्त समारोहमा प्रदर्शन भएको स्वर्ड एण्ड एप्पल घोडचढी खेल नेपालमै प्रथम पटक प्रदर्शन गरिएको थियो । ३. उक्त समारोहमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति डा. रामवरण यादवज्यूबाट शो–जम्पमा प्रथम हुनु हुने घोडसवार प्रा.सु. राजेन्द्र बहादुर बानिया, द्धितिय हुन हुने घोडसवार हुद्धा राजेन्द्र थापा तथा म्यूजिकल राइडमा प्रथम हुनु हुने घोडसवार सह–सेनानी विक्रम देव थापा र द्धितिय हुनु हुने घोडसवार सह–सेनानी उमेश पुरीलाई पुरस्कार प्रदान गर्नु भएको थियो । ४. साथै प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले निम्न अनुसारका घोडा दौडमा प्रथम र द्धितिय हुनु हुने घोडसवारहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । (क) पहिलो टाँगन घोडा दौड (१) प्रथम – अमल्दार राजेन्द्र राय (२) द्धितिय – सिपाही दिपेन्द्र सापकोटा (ख) दोस्रो टाँगन घोडा दौड (१) प्रथम – लोहार दिनेश वि.क. (२) द्धितिय – सयस वाम कँडेल (ग) नेपाल प्रहरीको चार्जर घोडा दौड (१) प्रथम – प्रहरी हवल्दार काँशीराम बुढाथोकी (२) द्धितिय – प्रहरी जवान ऋम बहादुर के.सी. (घ) नेपाली सेनाको पहिलो चार्जर घोडा दौड (१) प्रथम – सिपाही सरोज खनाल (२) द्धितिय – सिपाही जगन्नाथ खतिवडा (ङ) नेपाली सेनाको दोस्रो चार्जर घोडा दौड (१) प्रथम – सिपाही रामकृष्ण अधिकारी (२) द्धितिय – सिपाही मनोज तिमल्सीना (च) नेपाली सेनाको तेस्रो चार्जर घोडा दौड (१) प्रथम – सिपाही सन बहादुर तामाङ (२) द्धितिय – सिपाही गुणराज न्यौपाने (छ) नेपाली सेनाको चौथो चार्जर घोडा दौड (१) प्रथम – सिपाही सिताराम घर्ती (२) द्धितिय – सिपाही रेवन्त बहादुर बस्नेत ५. कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु, माननीय मन्त्रीहरु, नेपाली सेनाका अवकाश प्राप्त पदाधिकारीहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मी, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत ठूलो उपस्थिति रहेको थियो ।