शिष्टाचार भेटघाट

१.III Marine Expeditionary Force, Marine Forces Japan का Commanding General Lt.Gen Kenneth J.Gluek, jr. ले आज बिहान एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नुभयो । २. उहाँ नेपाली सेनाले मिति २०६८ चैत्र २१ गतेबाट ऐ.२३ गतेसम्म प्रथम पटक सञ्चालन गर्न लागेको "Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" मा पर्यवेक्षकको रुपमा सहभागी हुन काठमाडौं आउनु भएको हो । ३. भेटघाटको क्रममा आपसी हित र दैवी प्रकोप उद्धार कार्य तथा मानवीय सहयोगका विषयमा कुराकानी भएको थियो ।