"Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" विषयक गोष्ठी शुभारम्भ

१. आज विहान जंगी अड्डामा नेपाली सेनाले प्रथमपटक आयोजना गरेको "Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" विषयक गोष्ठी प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच शुभारम्भ भयो । २. गोष्ठीको शुभारम्भ गर्नुहुँदै प्रधानसेनापति श्री गुरुङ्गले “नेपाली सेनाले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी प्राकृतिक प्रकोप उद्धार कार्य गर्दै आएको बताउनु भयो । नेपाली सेनाले प्रतिकूल अवस्थामा पनि सिघ्र सूचनाको प्रवाह, अद्धितिय संस्थागत निर्णय लिने क्षमता, साधन स्रोतको उपलब्धता र तुरुन्त प्रतिक्रिया गर्ने क्षमताले गर्दा प्राकृतिक प्रकोप तथा उद्धार कार्यको लागि नेपाली सेनालेFirst Responder को जिम्मेवारी निभाउदै आएको बताउनु भयो । उहाँले विगतमा घटेका विनासकारी प्राकृतिक प्रकोपको स्मरण गराउँदै अब उप्रान्त त्यस प्रकृतिका प्रकोपहरुलाई न्यूनिकरण गर्न छिमेकी राष्ट्र/राष्ट्रहरुबीच आपसी सहयोग तथा सहकार्य भएको अवस्थामा जोखिम न्यूनिकरण अझ प्रभावकारी हुन जाने बताउनु भयो । साथै यस किसिमको गोष्ठीले प्राकृतिक प्रकोपको अवस्थामा मित्रराष्ट्र बीच आपसी सहयोग संस्थागत गर्नका लागि मद्दत पुर्‍याउनुको साथै सरकार, सैनिक–नागरिकबीच आपसी समझदारी वृद्धि हुनेमा जोड दिनुभयो ” । ३. सोही अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै गृहसचिव श्री शुशिल जंग बहादुर राणाले “यस गोष्ठीबाट नेपाललाइ अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनगइ प्राकृतिक प्रकोप तथा उद्धार कार्यको तयारी तथा प्रभावकारितामा थप मद्दत पुग्ने कुरा बताउनु भयो” । ४. मन्तव्य व्यक्त गर्ने क्रममा रक्षासचिव श्री माधव रेग्मीले “भवितव्य विनासकारी प्रकृति प्रकोप भएको अवस्थामा छिमेकी राष्ट्रहरुबाट दुइपक्षीय तथा वहुपक्षीय सहयोग अपरिहार्य भएको बताउनु भयो । यस गोष्ठीमार्फत साझा कार्ययोजना तथा रणनीति तयार गरी अझ प्रभावकारी रुपमा प्रकृति प्रकोप तथा उद्धार कार्य न्यूनिकरण गर्न सकिएको खण्डमा यस गोष्ठी कोशेढुंगा सावित हुने कुरा बताउनु भयो” । ५. गोष्ठीको स्वागत मन्तव्य बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले गर्नुभएको थियो । उहाँले “प्राकृतिक प्रकोप तथा उद्धार कार्यहरुमा विभिन्न छिमेकी राष्ट्रहरुले आ–आफ्‍ना अनुभव र सर्वोत्तम अभ्यास एकआपसमा आदानप्रदान गरी दुइपक्षीय तथा वहुपक्षीय मार्गनिर्देशन तयार पारी यसमा अझ उल्लेख्य भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा गोष्ठी केन्द्रित रहने कुरा बताउनु भयो ” । ६. मिति २०६८ चैत्र २३ गतेसम्म सञ्चालन हुने सो गोष्ठीमा नेपाली सेनाका वरिष्ठ अधिकृतहरु १२, भारतीय सेना तथा USPACOM का ६/६ जना अधिकृतहरुको साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (CAAN), National Society for Earthquake Technology (NSET), UNDP, UNOCHA, WFP, रक्षामन्त्रालय गृहमन्त्रालय, स्वास्थ्यमन्त्रालय, सूचना तथा सञ्चारमन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, International Organization for Migration का १/१ जना प्रतिनिधिहरु सहभागी रहनेछन् र पर्यवेक्षकहरुको रुपमा SAARC राष्ट्रहरु बंगलादेश १, श्रीलंका ३ जना सैनिक अधिकृतहरु, US Army का रथीबृन्दहरु तथा काठमाण्डौंमा रहेका पांच मुलुक (बेलायत, पाकिस्तान, भारत, अमेरिका र चीन) का Residential Defence Attache समेत सहभागी हुनु भएको छ । ७. कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदाधिकारीहरु, भूतपूर्व प्रधानसेनापतिहरुका साथै नेपाली सेनाका बरिष्ठ अधिकृत एवं सकल दर्जाहरुको उपस्थिति रहेको थियो ।