Under Secretary for Political Affairs Wendy R. Sherman र प्र्रधानसेनापतिबीच शिष्टाचार भेटघाट

१. अमेरिकी राजनीतिक मामिलाका लागि Under Secretary for Political Affairs Wendy R. Sherman र प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गबीच आज अपरान्ह जंगी अड्डामा शिष्टाचार भेटघाट भयो । २. भेटघाटको क्रममा अण्डर सेक्रेटरी Sherman ले नेपाली सेनाले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै नेपाली सेना विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अन्तर्राष्ट्रिय जगतकै Asset (सम्पत्ति) भएको भावना व्यक्त गर्नुभयो । उहाँले कुराकानीकै क्रममा, प्राकृतिक महाविपत्तीको लागि नेपाली सेनाले गरेको समग्र तयारी र महाविपत्तीमा सेनाबाट भएको कार्यहरुको प्रशंसा गर्नुका साथै पहिलो पटक सञ्चालन भइरहेको"Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" गोष्ठीको समेत कुराकानी भएको थियो । साथै जारी शान्ति प्रक्रियामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा भविष्यमा पनि सेनाले सकारात्मक भूमिका खेली निरन्तरता दिनेमा विश्वस्त रहनु भएको कुरा व्यक्त गर्नुभयो ।