Peacekeeping Training Center Commandants Conference प्रारम्भ

  • १. नेपाली सेना र संयुक्त राज्य अमेरिकि सेनाको प्यासिफिक कमाण्ड (USPACOM), Global Peace Operations Initiative (GPOI) को संयुक्त आयोजनामा Peacekeeping Training Center Commandants Conference को आज मिति २०६७ श्रावण १६ गते काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमको बिच सैनिक विनय महनिर्देशक उपरथी श्री अनिल जंग थापाले उद्भघाटन गर्नुभयो ।
  • २. एशिया प्रशान्त क्षेत्रका शान्ति कार्य तालिम केन्र्दका कमाण्डाटहरुवीच शान्ति स्थापना कार्य सम्बन्धी ज्ञान, अनुभव आदीके आदान प्रदान तथा आपसी सम्बन्ध बिस्तारका उपायहरु र यस क्षेत्रको क्षेत्रीय संगठनको स्थापना सम्बन्धी छलफल गर्ने उद्देश्यसहित यो सम्मेलनको आयोजना गरिएको हो ।
  • ३. अमेरिकी सरकारको GPOI कार्यक्रम अन्तर्गत संचालित यस सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्डका शान्ति कार्य तालिम केन्र्दका कमाण्डाटहरु तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । यसको अलवा International Association of Peacekeeping Training Centres (IAPTC) सचिवालय संयुक्त राष्ट्र संघको Department of Peacekeeping Operations (UNDPKO) र Integrated Training Service (ITS) तथा USPACOM का प्रतिनिधि र सहजकर्ताहरुसमेत यस सम्मेलनमा सरिक भएका छन् ।
  • ४. नेपालमा नै पहिलो पटक संचालित यो सम्मेलन मिति २०६७ श्रावण १९ गते समापन हुनेछ ।