प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग तथा भारतीय स्थल सेनाध्यक्षबीच शिष्टाचार भेटघाट

१. भारतीय स्थल सेनाध्यक्ष General Vijay Kumar Singh, PVSM,AVSM,YSM, ADC Chief of the Army Staff ले आज अपरान्ह प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभयो । भेटघाटको क्रममा उहाँहरुबीच आपसी हितका विषयमा कुराकानी भएको थियो । २. आजै अपरान्ह उहांले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारक” मा माल्र्यापण गर्नुभयो । साथै उहाँको सम्मानमा टुडिखेलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँलाई बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.ब.रा.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।