"Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" विषयक गोष्ठी सम्पन्न

१. आज मिति २०६८ चैत्र २३ गते अपरान्ह मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षGeneral Vijay Kumar Singh, PVSM,AVSM,YSM, ADC को प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित एक कार्यक्रम बीच "Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" विषयक गोष्ठीको समापन गर्नुभई गौचरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विशेष फौजले तयार पारेको Anti Hijacking सम्बन्धी Demonstration को अवलोकन गर्नुभयो । २. गोष्ठीको समापनको क्रममा भारतीय स्थल सेनाध्यक्ष Singh ले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल र भारतबीच एकै प्रकारका प्राकृतिक प्रकोप व्यहोर्दै आएको छ र गोष्ठीले त्यस्ता प्राकृतिक प्रकोपको बेलामा First Responder को रुपमा सेनाले गर्ने उद्धार कार्य र सैनिक–सैनिक सहायताको लागि क्षेत्रीय सहयोगको लागि यस गोष्ठीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद व्यवस्थापनको खाका तयार गरी विभिन्न निकायहरुसँग समन्वय गर्न सजिलो हुने भएकोले यस गोष्ठीको आयोजना गरेकोमा प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई धन्यवाद दिनुभयो । ३. सोही अवसरमा पर्यवेक्षकको रुपमा सहभागी हुनुभएका जापानमा अवस्थित III Marine Expeditionary Force, Marine Forces का Commanding General Lt.Gen Kenneth J.Gluek, Jr. ले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै “क्षेत्रीय स्तरमा नै आपतकालीन अवस्थामा गरिने कारवाही, वहुराष्ट्रिय सैनिक योजना, राष्ट्र÷राष्ट्रबीच सहकार्य, सूचना आदानप्रदान र सेना–नागरिक समन्वय बारेमा आपसी समझदारीलाई यस गोष्ठीले बृद्धि गरेको उल्लेख गर्नुभयो । साथै मानवीय सहयोग तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा कुनै एक राष्ट्रले चाहेर पनि प्राकृतिक प्रकोप व्यवस्थापन गर्न नसकिने कुरा व्यक्त गर्दै क्षेत्रीय तथा वहुपक्षीय सहकार्य र आपसी सहयोग अपरिहार्य भएको कुरा उल्लेख गर्नुभयो । साथै उहाँले प्राकृतिक प्रकोप तथा उद्धार कार्यमा सेना, सरकारी तथा निजी क्षेत्रलाई एकै ठाउँमा यस गोष्ठीले ल्याएको कुरा समेत बताउनु भयो ।” ४. सोही अवसरमा बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.ब.रा.ले “विगतमा कोशी बाढीको स्मरण गराउँदै भारतीय सेनाले सहयोग स्वरुप तत्कालीन अवस्थामा उद्धार तथा राहतको सामान तथा सामग्रीहरु भारतीय सरकारले तुरुन्त पठाएको भए तापनि समन्वयको अभावले गर्दा बोर्डरमा नै रोकिएको स्मरण गराउँदै अब यो गोष्ठीले भविष्यमा हुनसक्ने यस्ता किसिमका प्रकोपहरुमा समन्वय तथा सहयोग भई राहत सामग्रीहरु छिटो र सहज ढंगबाट प्रभावित इलाकामा पुग्न सक्नेमा विश्वस्त रहेको बताउनु भयो । साथै क्षेत्रीय तथा राष्ट्रिय स्तरमा विभिन्न सरोकारवालाहरुबीच उच्च तहको समन्वय, सहकार्य तथा समझदारी बढाएको कुरा समेत बताउनु भयो ।” ५. कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री दमन बहादुर घलेले “वहुपक्षीय समझदारी बृद्धि गरी विपद व्यवस्थापनमा सहभागी राष्ट्रहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा सहकार्य, आपसी सद्भाव र मित्रता बढाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनमा आ–आफ्नो भूमिका तथा जिम्मेवारी निर्वाह गर्न यस गोष्ठीले स्पष्ट खाका तयार गरेको कुरा उल्लेख गर्नुभयो ।” ६. कार्यक्रममा गोष्ठीका संयोजक सहायक रथी श्री हिमालय थापाले सो गोष्ठीको समीक्षा गर्दै उपलब्धीको बारेमा जानकारी दिनु भएको थियो उहाँको अनुसार । गोष्ठीमा ८.२ रेक्टर स्केलको भूकम्प सम्बन्धी पहिलो सिनारियो र कोशीको पूर्वी तटबन्धमा पहिरो पश्चात आएको बाढीसम्बन्धी दोस्रो सिनारियो प्रस्तुत गरी सो सम्बन्धी छलफल गरिएको थियो । जसमा मित्रराष्ट्रहरुसँगको सेना–सेनाबीच समन्वय कसरी गर्ने, उनीहरुबाट एयरपोर्ट भत्केको खण्डमा तुरुन्त सहयोग कसरी प्राप्त गर्ने, सो सम्बन्धमा कार्ययोजना कसरी तयार गर्ने, Legal Framework कसरी गर्ने, आपतकालीन अवस्थामा सहयोग माग्दा समयमा नै सहयोग प्राप्त कसरी गर्न सकिन्छ ? भन्ने बारेमा छलफल केन्द्रित भएको थियो । त्यसैगरि यस्तो किसिमको परिस्थिति सिर्जना भएमा त्यसलाई समाधान गर्न हामीसँग के कस्ता किसिमका स्रोत साधनहरु छन् र हाम्रा कठीनाईहरु के कस्ता छन् त्यसबारेमा नेपाली सेनाको तर्फबाट प्रस्तुत गरिएको थियो । साथै यस्तो अवस्थामा “वहुराष्ट्रिय समन्वय केन्द्र” स्थापना गर्नुपर्ने भएको कारणले गर्दा उक्त केन्द्र कसरी खडा गर्ने तथा प्राकृतिक प्रकोप हुनु अगाडी नै कार्ययोजना तयार गर्ने सम्बन्धमा समेत छलफल गरिएको थियो । ७. गोष्ठीमार्फत क्षेत्रीय स्तरमा विपदको अवस्थामा महत्वपूर्ण आवश्यकताको पहिचान गर्न, विपद् व्यवस्थापन तयारीलाई राष्ट्रिय प्राथमिकतामा राख्न, सेना–सेनाबीच हुने सहयोगको विस्तृत योजना तयार गर्न र सेना–नागरिक बीच अनुभव, ज्ञान र उत्तम अभ्यासको आदान प्रदान गर्न यस गोष्ठीले उपलब्धि हासिल गरेको छ । ८. भारतीय स्थल सेनाध्यक्ष General Singh तथा प्रधानसेनापति महारथी श्री गुरुङ्गले गोष्ठीमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, संयोजक तथा व्यवस्थापन पक्षमा खट्टिएका व्यक्तिहरुलाई प्रमाण–पत्र तथा सम्झना स्वरुप मोमेण्टो प्रदान गर्नु भएको थियो । ९. कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदाधिकारीहरु, निजी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु, भूतपूर्व प्रधानसेनापति तथा रथीहरु साथै नेपाली सेनाका रथीबृन्द, अधिकृत एवं सकल दर्जाहरुको उपस्थिति रहेको थियो ।