मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षGeneral Vijay Kumar Singh स्वदेश फिर्ता

१. नेपाली सेनाद्वारा सञ्चालन गरिएको "Regional Seminar on Disaster Response and Humanitarian Assistance Operations" विषयक गोष्ठीको समापन समारोहमा मूख्य अतिथिको रुपमा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षGeneral Vijay Kumar Singh, PVSM,AVSM,YSM, ADC आज मिति २०६८ चैत्र २४ गते विहान विशेष विमानबाट स्वदेश फिर्ता हुनु भएको छ । २. उहाँलाई बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.ब.रा.ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बिदाई गर्नु भएको थियो । सो अवसरमा भारतीय दुतावासका पदाधिकारीहरु एवं नेपालस्थित सैनिक सहचारीहरु र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।