कोर्ट अफ ईन्क्वायरी बोर्ड गठन

नेपाली सेनाका महासेनानी राजु नेपाली तथा स्थानीयबीच मिति २०६९ बैशाख ०३ गते भएको झगडा सम्बन्धमा प्रारम्भिक जानकारीका आधारमा सत्यतथ्य पत्ता लगाउन सहायक रथी राज राणाको अध्यक्षतामा तीन सदस्यीय कोर्ट अफ ईन्क्वायरी बोर्ड गठन गरी हिजो मिति २०६९ बैशाख ७ गतेबाट विस्तृत छानविन प्रक्रिया आरम्भ भइसकेको व्यहोरा यसै बिज्ञप्तिमार्फत सबैलाई जानकारी गराइन्छ ।