सि.सं.१९ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ

१. आज मिति २०६९ साल बैशाख ०८ गते बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक कार्यक्रमका बीच सि.सं.१९ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गर्नुभयो । २. उक्त तालिममा नेपाली सेनाबाट सेनानी ३०, नेपाल प्रहरीका प्रहरी उपरिक्षक १, सशस्त्र प्रहरीका शसस्त्र प्रहरी उपरिक्षक १, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ र विदेशी शिक्षार्थीहरुमा मित्रराष्ट्रहरु बंगलादेश, भारत, मलेसिया, पाकिस्तान, दक्षिण कोरिया तथा श्रीलंकाबाट सेनानी १/१ र संयुक्त राज्य अमेरिकाबाट सह सेनानी १ गरी जम्मा ४० जना शिक्षार्थी अधिकृतहरु सम्मिलित रहेका छन् । ३. कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरु, नेपाली सेनाका रथीबृन्दहरुलगायत शिक्षक अधिकृतहरुको उपस्थिति रहेको थियो ।