Peacekeeping Training Center Commandants Conference सम्पन्न

  • १. नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (USPACOM), Global Peace Operations Initiative (GPOI) को संयुक्त आयोजनामा मिति २०६७ श्रावण १६ गतेदेखि सञ्चालित Peacekeeping Training Center Commandants Conference को आज मिति २०६७ श्रावणको आज मिति २०६७ श्रावण १९ गते काठमाडौंस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले समापन गर्नुभयो ।
  • २. अमेरिकी सरकारको GPOI कार्यक्रम अन्तर्गत सञ्चालित यस सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्डका गरी जम्मा २१ जना शान्ति कार्य तालिम केन्द्रका कमाण्डान्ट तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शान्ति कार्य तालिम केन्द्रको क्षेत्रीय संगठनको स्थापना गरी सदस्य राष्ट्रहरुबीच आपसी सहयोगका क्षेत्रहरुको पहिचान र बिस्तार गर्ने उद्देश्यसहित सञ्चालित यस सम्मेलनले शान्ति स्थापना कार्यमा समन्वयकारी भूमिका खेल्न Association of Asia Pacific Peace Operation Training Center (AAPTC) गठन गर्ने निर्णय गरेको छ ।
  • ३. कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त्त गर्दै नेपालका लागि अमेरिकी महामहिम राजदूत Mr Scott H. Delici ले संयुक्त राष्ट्र संघको बिश्व शान्ति स्थापना गर्ने कार्यमा एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुंदै यस सम्मेलनबाट शान्ति स्थापना कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन मद्दत पुग्ने कुरा बताउनु भयो ।
  • ४. प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री गुरुङ्गले आफ्नो मन्तव्य व्यक्त गर्दै हालको बदलिँदो बिश्व परिबेशमा शान्ति स्थापना कार्य परम्परागत ढंगबाट बदलिएर बहुआयामीक, जटिल र चुनौतीपूर्ण हुनुका साथै परिस्थितिलाई प्रभावकारी ढंगबाट सामना गर्नको लागि दक्ष शान्ति सैनिकहरुको आवश्यकता पर्ने बताउँदै नेपाली सेनाले सन् १९५८ देखि निरन्तर रुपमा, ईमान्दार, प्रतिबद्भ र पेशागत् रुपमा दक्ष फौजहरु राष्ट्र संघीय मिसनमा खटाएर बिश्व शान्ति अभियानमा योगदान पु-याउँदै आएको कुरा उल्लेख गर्नुभयो ।
  • ५. कार्यक्रममा बलाधिकृत रथी श्री पवन जंग थापा, सैनिक विनय महानिर्देशक उपरथी श्री अनिल जंग थापा, शान्ति सेना सञ्चालन निर्देशक सहायक रथी श्री श्याम बहादुर थापा, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति, Asia Pacific GPOI का Manager Mr Todd Gobeille, Centre for Civil Military Relatios का Director Mr Rich Hoffman लगायत सहभागी राष्ट्रका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।