नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता सम्पन्न

१. नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता आज मिति २०६९ बैशाख २५ गते जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भयो । २. “नेपाली जनताको हितमा नेपाली सेना” शिर्षकमा आयोजना गरिएको उक्त लघु चलचित्र प्रतियोगितामा शिव शर्माको “देश, जनता, नेपाली सेना” प्रथम स्थान ओगट्न सफल भएको छ । सुनिता राजभण्डारीको “My Pride” र सोमनाथ खनालको “That Soldier” क्रमशः द्वितीय र तृतीय स्थान ओगट्न सफल भएका छन । साथै विमला बस्नेतको “अस्तित्व” र एस.एस.भिजन प्रा.लि.को “ नेपाल आमाको चित्कार” ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ । समारोहको क्रममा प्रतियोगितामा उत्कृष्ट हुने ५ लघुचलचित्र कर्मीलाई प्रधानसेनापति महारथी श्री गुरुङ्गले नगद पुरस्कार तथा प्रमाणपत्र क्रमश रु १ लाख ५० हजार, १ लाख, ५० हजार र सान्त्वना पुरस्कार १० हजार प्रदान गर्नु भएको थियो । साथै प्रतियोगिताका अन्य प्रतियोगीहरुलाई समेत प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त लघु चलचित्र प्रतियोगिताको छनौट “नेपाली जनताको हितमा नेपाली सेना” थिममा केन्द्रित भएर प्रस्तुत गरिएको कथाबस्तुलाई मुख्य आधार मानी प्राप्त जम्मा १९ वटा लघुचलचित्रमध्येबाट प्रारम्भिक छनौटद्वारा ५ लघुचलचित्र छनौट गरिएको थियो । त्यसमध्येबाट उत्कृष्ट हुन सफल लघुचलचित्र समारोहको दौरान प्रदर्शन गरि पुरस्कृत गरिएको थियो । ३. सो अवसरमा प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री गुरुङ्गले उक्त प्रतियोगिताका निर्णायक मण्डलहरु बरिष्ठ चलचित्र निर्देशक यादव खरेल, युवा निर्देशक आकाश अधिकारी, बरिष्ठ Cinematographer उत्तम सिल्वाल, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी ईश्वर श्रेष्ठ, कार्यक्रम उत्पादक सह–सेनानी शैलेजा श्रेष्ठ र वरिष्ठ कलाकार तथा प्राविधिक उपसेनानी सन्तोष पन्तलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गर्नु भएको थियो । ४. साथै सोही समारोहकै क्रममा नेपाली सेनाको मुखपत्र “सिपाही बार्षिक २०६८” पत्रिकामा तीन उत्कृष्ट लेख हुन सफल प्रमुख सेनानी सन्तोष बल्लभ पौडेलद्वारा लिखित “'Transitional Pacts' as Determinants of Future Civil Military Relation”, उपप्राध्यापक डा.विनोद थापाद्वारा लिलित “अमेरिकी सेनाको सर्वोच्च सैनिक पदक ुलेजन अफ मेरिटु र नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको स्थापना” र उपरथी राजेन्द्र क्षत्रीद्वारा लिखित “The Feature of Peace Operations” लेखहरु क्रमश प्रथम, द्धितिय तथा तृतिय स्थान हालिस गर्न सफल लेखकहरुलार्ईसमेत प्रधान सेनापति महारथी श्री गुरुङ्गले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । साथै, “सिपाही वार्षिक २०६८” लेख रचनाहरु मुल्याङ्कन गरी सहयोग पु¥याउनु हुने व्यक्तित्वहरु प्राध्यापक डा. सुशिल राज पाण्डे, प्राध्यापक डा.रविन्द्र खनाल र उपप्राध्यापक डा.मृगेन्द्र कार्कीलाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । ४. समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, संचारकर्मीहरु एवम् लघु चलचित्र प्रतियोगिताका सहभागीहरुकोसमेत उपस्थिति रहेको थियो ।