दुई सहायक रथी उपरथी दर्जामा पदोन्नति

१. आज जंगी अड्डामा आयोजित एक समारोहका बीच मिति २०६९ जेष्ठ २ गते उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री बलदेवराज महत र सहायक रथी श्री पूर्णचन्द्र थापालाई प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. आजकै मितिबाट उपरथी श्री बलदेवराज महत राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सह संयोजक पदमा र उपरथी श्री पूर्णचन्द्र थापा कार्यरथीको कार्यालयमा कार्यरथी पदमा नियुक्ति हुनुभएको छ ।