भेट्रान्स होम्सको शिलान्यस सम्पन्न

१. आज मिति २०६९ जेष्ठ ५ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले ईचङ्गुनारायण गा. वि.स. वडा नं. ६ मा नेपाली सेनाद्धारा निर्माण हुन गइरहेको भेट्रान्स होम्सको एक समारोहका बीच शिलान्यास गर्नु भयो । २. नेपाली सेनामा महत्वपूर्ण योगदान पु¥याएका शारिरिक र पारिवारिक रुपमा हेरचाह आवश्यक भएका अवकाश प्राप्त सैनिक र तिनका विधवा तथा विधुरहरुलाई अत्यावश्यक स्वास्थ सेवा उपलब्ध गराई सरल जीवन यापनमा सघाउ पु¥याउने मुख्य लक्ष्य अनुरुप भेट्रान्स होम्सको निर्माण गर्न लागिएको हो । ३. समारोहमा नेपाली सेनाका पूर्व प्रधानसेनापती तथा रथीवृन्द, नेपाली सेनाका रथीवृन्द तथा सेनानी समुहहरुको समेत उपस्थिति रहेको थियो ।