नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको समुद्घाट्न

१. आज मिति २०६९ जष्ेठ १० गते भण्डारखाल स्थित नेपाली सेनाद्धारा निर्माण गरिएको “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को सम्माननीय राष्ट्रपति डा. श्री रामबरण यादवले एक समारोहकावीच समुद्घाटन गर्नु भयो । २. समारोहलाई सम्बोधन गर्नुहुंदै प्रमुख अतिथि सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा चालेको पाइलाको मुक्त कण्ठले प्रशंशा गर्दै सेनाको उक्त कदम अनुकरणीय रहेको बताउनुभयो । सम्बोधनको क्रममा उहाँले यस्तो कार्य शुरुवात मात्र गरेर पर्याप्त नहुने वताउंदै गुणस्तरीय शिक्षामा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न समेत सुझाव दिनुभयो । ३. समारोहमा उप प्रधान तथा रक्षामन्त्री कृष्ण प्रसाद सिटौलाले नयाँ आयामबाट नेपाली सेनाले स्वास्थ्य सेवा क्षेत्रमा गरेको पहल तथा छोटो समयाबधिभित्र ठुलो प्रगति प्राप्त गरेको भन्दै बर्तमान परिप्रेक्षमा सेनाको कार्य उदाहरणीय रहेको बताउनु भयो । यस्ता कार्यहरुमा आफुहरु सहयोग गर्न सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुहुंदै उहाँले संस्थानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । ४. समारोहमा प्रधानसेनापति महारथी श्री छत्रमानसिंह गुरुङ्गले उक्त संस्थान निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सम्पुर्ण क्षेत्रका व्यक्तित्वहरुलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नु भएको थियो । सम्बोधनकै क्रममा त्रि.वि.वि.का उपकुलपति डा. हिरा बहादुर महर्जन तथा चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. अरुण सायमीले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो । ५. कार्यक्रमको दौरान संस्थान अन्तर्गत चिकित्साशास्त्र महाविद्यालयका कलेज प्राचार्य प्रा.स.र. डा. शिव बहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गुर्न भएको थियो भने संस्थानका कार्यकारी निर्देशक प्रा.स.र.डा. प्रकाशराज पाण्डेले संस्थानको बारेमा संक्षिप्त परिचय दिनुभएको थियो । ६. स्वास्थ्य सम्बन्धि उच्चस्तरिय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आबश्यकतलाई परिपूर्ति गर्न सहयोग पु¥याउने तथा उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाका बहालवाला र अबकाश प्राप्त व्यक्तिका छोराछोरी र सर्बसाधारणलाई समेत सर्बसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नु संस्थानको मुख्य उद्देश्य रहेको छ । नेपाली सेना र राष्ट्रलाई आबश्यक पर्ने दक्ष स्वास्थ्यकर्मीको पेशागत दक्षतालाई अभिबृद्धि गरी राष्ट्रकै एक नमुना स्वास्थ्य शिक्षण संस्थानको रुपमा स्थापित गर्ने हेतुले मिति २०६७ आश्विन २६ गते निर्माण कार्य शुरु गरिएको थियो । संस्थान अन्तरगत हाल कलेज अफ मेडिसिन तथा कलेज अफ नर्सिङमा कक्षाहरु शुरु भइसकेका छन् भने निकट भविष्यमा नै कलेज अफ मेडिकल पोलिटेक्निक तथा कलेज अफ डेन्टल सर्जरी स्थापना गर्ने योजना रहेको छ । ७. समारोहमा माननीय मन्त्रीज्युहरु, मुख्य सचिव, नेपाल स्थित विदेशी नियोगका राजदुतहरु, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, शिक्षाविद्, तीनै सुरक्षा अंगका प्रमुखहरु, नेपाली सेनाका रथीवृन्दहरु, नेपाल स्थित विदेशी सैनिक सहचारीहरु, त्रि.वि.वि. लगायत स्वास्थ्य शिक्षा संस्थानका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, निजामति कर्मचारी, संचारकर्मी, स्थानीय व्यक्तित्वहरु लगायत संस्थानका विद्यार्थीहरुको अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।