नेपाली सेनाको ध्यानाकर्षण

१. वर्तमान परिस्थितीमा नेपाली सेना सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारहरु तथा विभिन्न मञ्चहरुमा भएका अभिव्यक्तिहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । २. नेपाली सेना सम्पुर्ण नेपाली जनताको राष्ट्रिय सेना हुनुको साथै यसले विगत देखिनै आफ्नो गैर राजनीतिक चरित्र सबैको सामु स्पष्ट पारिसकेको छ । नेपाली सेना बैधानिक सरकारको मातहतमा रहने र सरकारबाट राष्ट्र र जनताको हितमा हुने बैधानिक आदेशहरु मात्र पालना तथा कार्यान्वयन गर्ने कुरा पुनः स्पष्ट गर्न चाहन्छ । यस्ता अभिव्यक्तिहरु तथा समाचारहरुको भ्रममा नपर्नु हुन सबैमा नेपाली सेना आग्रह गर्दछ ।