सैनिक श्रीमती संघद्वारा राहत सामग्री वितरण

१. मिति २०६९ जेष्ठ ३२ गते पुर्वी तराईको सिराहा जिल्लाको औराही स्थित आगलागीबाट पिडित परिवारहरुलाई नेपाली सेनाको श्री सैनिक श्रीमती संघले राहत सामग्री वितरण गरेको छ । २. मिति २०६९ जेष्ठ २ गते पूर्वी तराईको सिराहा जिल्लाको औराही गा.वि.स.को क्रमश वडा नं.२ देखि ८ सम्मका आगलागीबाट पिडित ४६१ जना घर परिवारलाई सैनिक श्रीमती संघ (नेपाली सेना) ले यही मिति २०६९।२।३२ गते राहत ( चामल, चिनी, चिउरा र विस्कुट ) वितरण गरेको छ । प्रकृति प्रकोपमा परेको जिल्लालाई तत्कालै आवश्यक पर्ने राहत सामग्रीहरु वितरण गरेकोमा संघको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी श्री ध्रुव प्रसाद ढकालले संघलाई कदर पत्र प्रदान गर्नु भएको थियो । ३. सैनिक श्रीमती संघको सक्रियतामा आयोजित उक्त राहत वितरण कार्यक्रममा पृतनापति, जिल्ला शिक्षा अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, रेडक्रस सोसाईटीका अध्यक्ष, पत्रकार एवं सर्वसाधारणहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।