भारतीय स्थल सेनाध्यक्षको औपचारिक नेपाल भ्रमण

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC Chief of the Army Staff (COAS), Indian Army मिति २०६९ आषाढ २६ देखि ३० गते (तदनुसार १० देखि १४ जुलाई २०१२) सम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको लागि उहाँ लगायत उहाँको भ्रमण दल मिति २०६९ आषाढ २६ गते नेपाल आउँदै हुनुहुन्छ । २. नेपाल भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh निम्न कार्यक्रमहरुमा सरिक हुनु हुनेछः– (क) मिति २०६९ आषाढ २६ गते अपरान्ह उहाँले सैनिक मञ्चमा अवस्थित “वीर स्मारक” मा माल्र्यापण (Wreath Laying) गर्नुहुनेछ । त्यसपश्चात उहाँको सम्मानमा जंगी अड्डा परिसरमा सम्मानगारत प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसको लगत्तै उहाँले जंगी अड्डामा नै प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गसँग शिष्टाचार भेटघाट गर्नु हुनेछ । (ख) मिति २०६९ आषाढ २७ गते भारतीय स्थल सेनाध्यक्ष जनरल सिंह काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नु भई अपरान्ह सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु हुनेछ । सोही दिन साँझ राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपतिज्यूबाट उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु हुनेछ । यसैगरी, सोही दिन साँझ उहाँको सम्मानमा प्रधान सेनापति महारथी छत्रमान सिंह गुरुङ्गद्धारा जंगी अड्डा परिसरमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुनेछ । (ग) मिति २०६९ आषाढ २८ गते बिहान मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नु हुनेछ । त्यसपछि, पोखरास्थित भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नु हुनेछ । सोहि दिन साँझ उहाँले प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको सम्मानमा रिसेप्शनको आयोजना गर्नु हुनेछ । (घ) यसैगरि मिति २०६९ आषाढ २९ गते उहाँले गौतम बुद्धको जन्म स्थान लुम्बिनीको भ्रमण गर्नुहुनेछ । त्यसपश्चात उहाँले सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिबपुरीको भ्रमण गरी सि.सं. १९ कमाण्ड तथा स्टाफ कोर्सका शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । (ङ) आप्mनो भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष तथा उहांको भ्रमणदल मिति २०६९ आषाढ ३० गते अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।