भारतीय स्थल सेनाध्यक्षको आगमन

१. भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC Chief of the Army Staff (COAS), Indian Army नेपालको पांच दिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०६९ आषाढ २६ गते (तदनुसार १० जुलाई २०१२) अपरान्ह विशेष विमानद्वारा काठमाडौं आउनु भयो । २. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा उहाँसहित ६ सदस्यीय भ्रमण दल नेपाल आउनु भएको छ । भारतीय स्थल सेनाध्यक्षलाई बलाधिकृत रथी श्री गौरव शम्सेर ज.व.रा.ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । ३.. भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh ले अपरान्ह सैनिक मञ्चस्थित “वीर स्मारक” मा माल्र्यापण गर्नु भई प्रधान सेनापति महारथी छत्र मान सिंह गुरुङ्गसंग भेटघाटको लागि जंगी अड्डामा आउनु हुंदा जंगी अड्डा परिशरमा नेपाली सेनाको एक टुकडीले उहांलाई सम्मान गारत अर्पण गरेको थियो । ४. सम्मान गारतको कार्यक्रमपछि भारतीय स्थल सेनाध्यक्षले प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभयो । भेटघाटको क्रममा प्रधानसेनापति महारथी श्री गुरुङ्ग र भारतीय स्थल सेनाध्यक्ष General Singh बिच द्धिपक्षिय सहयोग अभिवृद्धि लगायतका विषयहरुमा छलफल भएको थियो । ५. छलफल पश्चात भारतीय सेनाध्यक्ष General Singh ले पि.एस.ओज. रथीवृन्दहरुसंग भेटघाट गर्नु भएको थियो । तत्पश्चात उहांलाई नेपाली सेनाको तर्फबाट श्री सैनिक समाचार निर्देशनालयले नेपालको समसामयिक बस्तुस्थिति र नेपाली सेनाले निर्वाह गर्दै आएको भुमिकाबारे बृफिङ गरेको थियो ।