भारतीय स्थल सेनाध्यक्ष नेपालको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा मिति मिति २०६९ आषाढ २६ देखि ३० गतेदेखि नेपालको भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh तथा उहाँको भ्रमण दल आज मिति २०६९ आषाढ ३० गते बिहान स्वदेश फिर्ता भयो । २. भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh सहितको भ्रमण दललाई बलाधिकृत रथी श्री गौरव शम्सेर ज.व.रा.ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । सो अवसरमा काठमाडौंस्थित विदेशी दुतावासमा कार्यरत सैनिक सहचारीहरु र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।