नेपाली सेनाद्धारा निर्मित “भेट्रान्स होम्स” को उद्घाटन

१. प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गूरुङ्गले नेपाली सेनाद्धारा नब निर्मित “भेटरन होम्स” कम्प्लेक्सको आज मिति २०६९ श्रावण १६ गते एक समारोहका विच समुद्घाटन गर्नु भयो । २. सैनिक कल्याणकारी योजना अन्तर्गत कल्याणकारी कार्यको दायरालाई अझै फराकिलो गर्ने लक्ष्य अनुरुप बदलिंदो सामाजिक परिवेशलाई दृष्टिगत गरि ईचंगुनारायण गा.वि.स. मा करिव ११ रोपनी जग्गा खरिद गरि मिति २०६९ जेष्ठ ५ गते भेटरन भवनको शिलान्यास गरिएको थियो । उक्त कम्प्लेक्समा अवकाश पश्चात असहाय र बृद्ध भुतपुर्व सैनिक व्यक्तिहरुलाई बृद्धाबस्थामा आवश्यक पर्ने जस्तै कुरुवाको व्यवस्था, भोजन, स्वास्थ्य सेवा सुविधा र अन्य हेरचाह लगायतका आधारभुत सेवा सुविधाहरु उपलब्ध गराउने व्यवस्था गरिएको छ । ३. कम्प्लेक्समा अधिकृत भेटरन भवन १, पदिक भेटरन भवन १ र अन्य दर्जा भेटरन भवन १ गरि जम्मा ३ वटा भेटरन भवनहरु रहेका छन् । जसमा हाल अधिकृत ४, पदिक ८ र अन्य दर्जा १६ गरि जम्मा २८ जनालाई आवश्यक सुविधा प्रदान गरिने छ भने भविष्यमा यस भवनको विस्तार गरि अधिकृत १२, पदिक २४ र अन्य दर्जा ४८ गरि जम्मा ८४ जनाले यो सुविधा उपभोग गर्न पाउने योजना रहेको छ । ४. समारोहमा नेपाली सेनाका रथिबृन्द, अवकाश प्राप्त प्रधान सेनापति तथा रथीबृन्दहरु, अधिकृतहरु लगायत सैनिक श्रीमती संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।