नेपाली सेनाको अपिल

नेपाली सेनामा रिक्त पदहरुमा लिईने भर्नाको दौरान भर्ना हुन आवेदन दिएका उम्मेदवारहरुबाट भर्ना गराई दिने प्रलोभन देखाई रकम असुल्ने जस्ता गैरकानूनी क्रियाकलापहरुमा केही व्यक्तिहरु संलग्न रहेको जानकारी प्राप्त हुने गरेको छ । नेपाली सेनामा भर्ना भई देश र देशवासीको सेवा र सुरक्षा गर्न ईच्छुक, योग्य एवम् सक्षम कुनै पनि नेपाली नागरिक भर्ना हुनबाट बञ्चित नहुने हुँदा यस प्रकारका झुठ्ठा आश्वासन तथा भ्रममा नपर्न र उम्मेदवारहरुलाई आफ्नो क्षमता, योग्यतामा विश्वास गरि भर्ना प्रक्रियामा सरिक हुन नेपाली सेना सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । साथै यस प्रकारको गैरकानूनी क्रियाकलापमा संलग्न रहेको पाईएमा रकम लिने र दिने दुबै पक्ष उपर कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै त्यस्ता गतिबिधिहरुबारे जानकारी भएमा काठमाडौंमा टेलिफोन नम्वर ४२४६९३२ वा १०६ वा नजिकको सैनिक वा प्रहरी ईकाईमा खवर गरिदिनु हुन समेत नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।