प्रधान सेनापतिद्धारा कार्यभार हस्तान्तरण

१. प्रधान सेनापति नियमित अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा बमोजिम प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गले आज मिति २०६९ श्रावण २५ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार का.मु. प्रधान सेनापति श्री गौरब शम्शेर ज.व.रा.लाई बुझाउनु भयो । २. समारोहमा नेपाली सेनाका पि.एस.ओज. रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । प्रधान सेनापति महारथी श्री गुरुङ्ग भोलि मिति २०६६ श्रावण २६ गते देखि बिदामा बस्नु हुनेछ । ३. साथै प्रधान सेनापति महारथी श्री गुरुङ्गले कार्यभार बुझाउनु भन्दा अगाडि मिति २०६९ भाद्र २४ गते खाली हुन जाने महारथी एवं प्रधान सेनापति पदमा का.मु. प्रधान सेनापति श्री गौरब शम्शेर ज.ब.रा.को नाम पदोन्नती तथा नियुक्तीको लागि सिफारिस सहित आजै रक्षा मन्त्रालयमा पत्र पठाउनु भएको छ ।