झाडापखाला प्रभावित क्षेत्रमा नेपाली सेना

१. डोटी जिल्लाको झाडापखाला प्रभावित क्षेत्रमा मिति २०६९ श्रावण २८ गतेबाट नेपाली सेनाकोे अगुवाईमा झाडापखाला रोकथामको लागी ७ दिने घुम्ति स्वास्थ्य शिविर तथा जनचेतना मुलक कार्यक्रम संचालन भई रहेको छ । २. आज मिति २०६९ श्रावण २९ गते डोटी जिल्लाको खिरसैन ४ मा मेडिकल टोलि सहितको नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्य स्वयंसेवीको संयुक्त टोलिले घुम्ती स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । उक्त शिविरबाट साधारण झाडापखाला तथा विभिन्न रोगका महिला १४० र पुरुष १२० गरि २६० जना स्थानियहरुको उपचार तथा खानेपानी शुद्धिकरण गर्ने औषधी वितरण गरिएको थियो भने झाडापखाला रोग लाग्नबाट बच्न र बचाउने उपायहरु बारे सविस्तार जानकारी गराईएको थियो । ३. उक्त संयुक्त टोलिले हिजो श्रावण २८ गते कलेना गा.बि.स.का स्थानिय बासिन्दाहरुलाई भेला गरि बिभिन्न रोगका विरामी महिला ३१ र पुरुष ६० जना गरि जम्मा ९१ जनालाई उपचार प्रदान गर्नुका साथै खानेपानी शुद्धिकरण गर्ने औषधी समेत वितरण गरिएको थियो । ४. झाडापखाला प्रभावति क्षेत्रहरुका सवै विरामीहरुलाई उपचार तथा जनचेतना अभिबृद्धि गराउने उद्देश्यले नेपाली सेनाले आगामी श्रावण ३० गते, ३१ गते, ३२ गते, र भाद्र १ गते क्रमश बगलेक, काडामाण्डौ, गाजरी र बासुरी ईलाकामा घुम्ती शिविर तथा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेको छ । ५. यसै गरि नेपाली सेनाले गत श्रावण २३ गते काडामाण्डौ गा.वि.स.का ७० जना जति व्यक्तिहरुलाई सचेतनामूलक कार्यक्रममा पियुस, जिवनजल, अक्वा ट्याप्स, सावुनहरु वितरण गरेको थियो भने चईकोट र गैरागाउंमा जनचेतना तथा औषधी वितरण गरिएको थियो । साथै स्थानिय युवाहरुलाई समावेश गरि स्वयंसेवी समुह गठन गरि उक्त समुहलाई जिवनजल, पानी शुद्धिकरण गर्ने सामाग्रीहरु लगायत औषधीहरु समेत वितरण गरिएको थियो । ६. झाडापखालावाट प्रभावित क्षेत्रमा हालसम्म १३ जनाको मृत्यु भईसकेको जानकारी प्राप्त भएको छ भने सयौ सर्वसाधारणहरु यसवाट प्रभावित छन् । मिति २०६९ जेष्ठ महिनाको अन्तिम सातावाट काडामाण्डौ र वगलेकमा यसको लक्षण देखिएता पनि क्रमशः खतिवडा, कलेना, वासुदेवी, सानागाउ, दुर्गामाण्डौ, गडुवा, गाजरी, राना गा.वि.स.हरुमा रोग फैलिएको लामो समय भईसक्दा पनि नियन्त्रणमा नदेखिएको कारण नेपाली सेनाले मेडिकल क्याम्प संचालन गरेको हो ।