सैनिक जवान लाईन भत्किंदा १ जवानको मृत्यु र ३ घाईते

१. विगत ४ दिनदेखि लगातार परेको वर्षाको कारण डोल्पा जिल्लामा तैनाथ समरसुर गुल्मको जवान लाईन मिति २०६९ भाद्र ५ गतेको राती भंत्किदा हुद्धा मित्रलाल गुरुङ्गको मृत्यु भएको छ भने तिन जवान घाईते भएका छन् । २. घटना घटेको तत्कालै सकल दर्जाहरु घटनास्थलमा पुगी उद्धार गर्दा तिन जनालाई सचेत र हुद्धा मित्रलाल गुरुङ्गलाई अचेत अवस्थामा उद्धार गरिएकोमा निजको सदरमुकाम स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । हाल घाईतेहरुको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भईरहको छ । घाईतेहरुलाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट आजै विहान उद्धार गरिएको थियो । ३. मृतक हुद्धा गुरुङ्गको शब जिल्ला अस्पताल दमौलीमा पोष्टमार्टम पश्चात आफन्तहरुलाई बुझाईएको छ । सो दुर्घटनामा परि निधन भएका हुद्धा मित्रलाल गुरुङ्गको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्याधारण गर्ने शक्ति प्रदान गरुन् भनि समस्त नेपाली सेना परिवार श्री परमेश्वरसंग प्रार्थना गर्दछ । साथै घटनामा परि घाईते भई उपचाररत जवानहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ । आगलागी उद्धारमा सेना परिचालन १. आज मिति २०६९ भाद्र ६ गते अपरान्ह कमलपोखरी स्थित सिटी सेन्टरमा लागेको आगो नियन्त्रण तथा उद्धार कार्यको लागि २ वटा दमकल र पानी ट्याङर सहित अधिकृतको कमाण्डमा ७१ जना फौज परिचालन गरिएको छ ।