शान्ति स्थापनार्थ लेवनान खट्टिई जाने फौजको निरीक्षण तथा निर्देशन

१. आज मिति २०६९ भाद्र ०७ गते का.मु.प्रधानसेनापति रथी श्री गौरव शम्शेर ज.व.रा.ले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Interim Force in Lebanon (UNIFIL) मा तैनाथ हुनजाने श्री विष्णुदल गण (शान्ति सेना) ५२ औं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा का.मु.प्रधानसेनापति रथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ३. सोही अवसरमा का.मु.प्रधानसेनापति रथी श्री राणाले शान्ति स्थापनाको गौरवमय इतिहास बोकेको नेपाली सेनाको विश्व शान्ति स्थापनार्थ ५४ वर्ष भन्दा लामो इतिहासमा ९०,००० भन्दा बढि शान्ति सैनिकहरुले ३९ वटा मिशनहरुमा आफ्नो कार्य कुशलता प्रदर्शन गरि सकेका र हाल १३ वटा विभिन्न मिशनहरुमा करिव ३,१६१ शान्ति सैनिकहरु कार्यरत रहेको बताउनु हुंदै मिशन तर्फ जान लाग्नु भएका सकल दर्जाहरुलाई आफ्नो कार्य क्षेत्रमा सफलता मिलोस् भनि मंगलमय शुभकामन दिनु भएको थियो । ४. उक्त कार्यक्रममा रक्षासचिव श्री तिलकराम शर्मा लगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । श्री विष्णुल गण (शा.से.) ५२ औं डफ्फा आगामी भाद्र दोश्रो हप्ताबाट मिशन ईलाका तफ जांदैछ । जसको नेतृत्व प्रमुख सेनानी श्री महेश कुमार थापाले गर्नु भएको छ ।